नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पौडेल स्याङ्जा आउने भएका हुन् ।
नेपाल सरकार, गण्डकी प्रदेश सरकार र बिरुवा गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको यस गाउँपालिकाको प्रशासकीय भवन, भवन संरचनासहितको कुल क्षेत्रफल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशासकीय भवन कार्यालय परिसर भित्र एक प्रशासकीय भवन, एक चमेना गृह, एक सुरक्षा गार्ड भवनसहित २९ वटा कोठा रहेका छन् ।
कुल आठ करोड ४० लाख नौ सय ४६ रुपैयाँमा २०७७ साल असार ३१ गते गिता श्री क्रिएटिभ जे.भी.सँग निर्माण सम्झौता भइ भवन २०८० साल मंसिर २९ गते निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
निर्माण व्यवसायीलाई विभिन्न मितिमा गरि कुल सात करोड ९९ लाख ७० हजार एक सय ८१ रुपैयाँ भुक्तानी भएकोमा नेपाल सरकारको अठहत्तर लाख ८० हजार ४० रुपैयाँ, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार एक सय ४९ रुपैयाँ र बिरुवा गाउँपालिकको छ करोड ४३ लाख १५ हजार नौ सय ९२ रुपैयाँ साझेदारी रहेको प्रशासकीय अधिकृत आचार्यले बताए ।
आचार्यले गाउँपालिकाको नयाँ भवन निर्माणसङ्गै सेवा प्रवाहमा छिटोछरितो र गुणस्तरीय कायम गर्न सहयोग पुगेको दाबी समेत गरे । २०८१ श्रावण १ गते भवन प्रवेश गरी पूर्णरुपमा सेवाप्रवाह सुरु गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ