आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे

True-Love-Dreamstime-for-InUth.com_

पोखरा । आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर मनाइँदैछ । एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ ।

पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चकलेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ । विशेष गरी यो दिनलाई प्रेम प्रस्ताव राख्ने, प्रेम भाव प्रकट गर्ने र प्रेम सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिइन्छ ।

युद्ध पिपासु र दम्भी प्रवृत्तिका रोम साम्राज्यका राजा क्लडियस द्वितीयले तेस्रो शताब्दीतिर आफ्नो शासनकालमा सैनिक सदस्यले बिहे गर्न नपाउने एउटा कठोर किसिमको सैन्य नियम जारी गरेका थिए । सेनामा भ्यालेन्टाइन नाम गरेका एकजना इसाई पादरी पनि थिए । जसले सैनिकले पनि प्रेम र विवाह गर्न पाउनु पर्ने भनेर नियम उलङ्घन गरेका थिए । सेनाका जवानहरूको विवाह गराएका थिए ।

यतिमात्र होइन उनले युवा जोडीहरूलाई सार्वजनिक स्थलमै सामुहिक विवाह कार्यक्रम गराएका थिए । यसपछि नियम उल्लघंन गरेको आरोपमा इसापूर्व २६१६ फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनदेखि तिनै भ्यालेन्टाइनको सम्झनामा अमेरिका, युरोप अष्ट्रेलियालगायत इसाईबाहुल्य देशमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

पछिल्लो समय भ्यालेन्टाइन डे नेपालसहित विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ