पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रतिष्ठान कास्कीका अनिल चापागाईं र अर्चना चापागाईं विजय भए भने बिसौनी दोहोरी साँझका बेलबहादुर सुनार र सपना सुनार उपविजेता बने। विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहितसहित प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी ससुराली रोधी घरका सुदिप सापकोटा र ललिता घर्ती मगर तृतीय र प्रतिष्ठान बागलुङका सुमन खड्का र जमुना सुनार सान्त्वना भए । तृतीय हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वनालाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि प्रतिष्ठान गोरखाका रोशन परियार र उत्कृष्ट गायिकाको उपाधि प्रतिष्ठान पर्वतका शोभा परियारले पाउन सफल भए । दुवै जनालाई जनही ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १३ टिम सहभागी थिए ।
सोही प्रतियोगिताबीच लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको थियो । दुवै सम्मानित व्यक्तित्वहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले दोसल्ला ओढाएर सम्मान अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै सचिव गुरुङले यो प्रतियोगिताले संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले कलाकारले गाउने गीतले पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सघाएको बताए । नीति कार्यक्रम बजेटको व्यवस्था गरेर लोक तथा दोहोरी गीतको संरक्षणमा र प्रवद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताए । कार्यवाहक सचिव सुनील गायकले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्