काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौँ महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन्। उनको गएराति ११ः४५ बजे मृत्यु भएको हो ।
माघ २३ गते शानदार मःममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।
घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
योसँगै उक्त ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
यसअघि शुक्रबार उपचाररत उदयपुर घर भइ हाल काठमाडौँ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो । भने गत सोमबार दुई जनाको मृत्यु भएको हो । मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।
उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
सम्बन्धित खबर
एक महिनामै दर्ता भए अपराधका ४ हजार ४६८ मुद्दा, बैंकिङ कसुरका मात्रै १ हजार १२७
प्लाई उद्योगमा आगलागीः ३० घर जोखिममा
प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको बेतहनीमा तनाव
आज विश्व क्षयरोग दिवस मनाइँदै
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ