पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् ।
सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश ग¥यो । निधारी समयमा दुबै तर्फबाट तीन÷तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो ।
अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले टप्स बोडिङ स्कुललाई हराएको छ । निरधारीत समयमा एक÷एक गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । ट्राइबे्रकरमा कास्की मोडनाइजले टप्सलाई ४–१ गोलले हरायो ।
त्यसै गरी गुरुकुल विद्यासदनले सुर्योदय इङलिस बोडिङ स्कुललाई ४–२ गोल अन्तरले हरायो । सोमबार नै भएको अर्को खेलमा अरनिको इङलिस बोडिङ स्कुल तनहुँले डाइमण्ड सेकेन्डरी स्कुललाई ३–० गोल अन्तरले हरायो ।
कलेज तर्फको फुटसलमा ला ग्याण्डी इन्टरनेस्नल कलेजले माउन्ट अन्नपुर्ण क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो सेमिफाइन प्रबेश गरेको छ । अर्को खेलमा इन्फोम्टिक्स कलेजले पोखरा लिकंन इन्टरनेस्नल कलेजलाई ३–० गोल अन्तरले हराउदै सेमिफाइनको यात्रा तय गरेको छ ।
पोखरा कलेज अफ म्यानेजम्यान्टले सोच कलेज अफ आइटिलाई ४–३ गोल अन्तरले हराउदा इन्फोम्यक्स कलेज अफ आइटी एण्ड म्यानेजम्यान्टले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–३ गोल अन्तरले नै हराउदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।
फागुन ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।
कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह