हेमजा । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ ।
पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि (२५–१७, २३–२५, २५–१८, २८–२६) ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद रु ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद रु ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र गर्यो । घलेले सान्त्वना पुरस्कार स्वरूप नगद रु २०,हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र गर्यो । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि.क, वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।
भेट्रान्स खेल तर्फको फाईनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पार्यो । तक्रोले द्धितिय स्थानमा सिमित रह्यो । भेट्रान्स प्रथमले नगद रु ३० हजार र द्धितियले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौड प्रतियोगितामा प्रथम हरि प्रसाद भण्डारीले नगद रु १५ हजार र द्धितिय उमनाथ पौडेले नगद रु १० हजार हात पारे ।
सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन ब.गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भुभिका खेलेको बताउँदै, माछापुच्छ्रे गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताए ।
गाउँपालिका प्रवक्ता एवं वडा न.२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हो । खेलकुदले युवाको जीवनमा सकारात्मक भूमिका खेलेको बताए ।
सिधिङ युनाइटेड यूथ क्लवका अध्यक्ष शुक बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह