गायन क्षेत्रमा चर्चाको शिखरमा रहेका बागलुङ गलकोटका दुर्गेश थापाले स्याङ्जाका दर्शकको मन जितेका छन् ।
गत फागुन ६ गतेदेखि चलिरहेको सातौं स्याङ्जा महोत्सवमा गायक थापाले आज आफ्नो प्रस्तुति दिँदा यहाँका दर्शकको मन जितेर सबैलाई हेरेको हेर्यै बनाएका हुन् ।
‘मेरो दुश्मन छन् धेरै, दुश्मन हेरेको हेर्यै…..’ बोलको गीतले महोत्सवमा आफ्नो प्रस्तुति सुरु गरेका थापाले दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् । ‘बम बम भोले भोले…’, ‘ यहाँ रीसको बेलामा….’, ‘रातो रातो खुर्सानी पिरो छ….’, ‘नाच्नु पर्छ बीच बीचमा…..’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा….’ लगायतका गीत गाएर थापाले महोत्सवमा दर्शकलाई हेरेको हेर्यै बनाएका हुन् ।
गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका थापाले महोत्सवमा हजारौंको संख्यामा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन गराएका हुन् ।
शनिबार महोत्सवमा राजन कार्की, मोहन खड्का, बन्दना पाण्डे, लक्ष्मण सिंह ठकुरीले समेत आआफ्ना प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन गराएका थिए । यस्तै, मोडल तथा डान्सर सगुन थापा र अस्मिता राना मगरले नृत्य प्रस्तुति गरेका थिए ।
स्याङ्जामा आजभन्दा पहिला गरिएका मेला तथा महोत्सवमा दर्शकहरुको यस्तो बाक्लो उपस्तिथि भने कहिल्यै रहेको थिएन ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाद्वारा आयोजित महोत्सव फागुन १८ गतेसम्म अर्थात् भोलिसम्म चल्नेछ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?