अहिले एमालेलाई बलियो साथ दिएमात्र हाम्रो पालामा पूरापुर सहयोग मिल्नेछ: देउवा

राजनीति

अहिले एमालेलाई बलियो साथ दिएमात्र हाम्रो पालामा पूरापुर सहयोग मिल्नेछ: देउवा

deuba oli 5

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारबाट भैरहवामा आयोजना गरेको क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिले एमाले नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पुरापुर सहयोग मिल्ने सभापति देउवाको भनाइ थियो ।

‘मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ,’ उनले भने, ‘कांग्रेस, एमाले बाहेक दलका साथीहरू पनि सरकारमा समावेश हुनु एकदमै राम्रो कुरा हो ।’

सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए । ‘यी सबै कुरालाई मध्यनजर गरेर हामी हाम्रो पार्टी बनाउनतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘भोलिका दिनमा कांग्रेसले बहुमत नै नल्याएपछि पक्कै ठूलो पार्टी बन्ने छ, त्यसका लागि अग्रसर हुनुस् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ