काठमाडौं । अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नेपालीलाई लिएर पहिलोपटक अमेरिकाको चार्टर विमान काठमाडौं अवतरण भएको छ । अवैध आप्रवासी नेपालीलाई लिएर आएको ग्रिफोन एयरको जहाज काठमाडौं आएको हो ।
अमेरिकाले पहिलोपटक अवैध आप्रवासी नेपालीलाई चार्टर जहाजमार्फत डिपोर्ट गरेको हो । यो जहाजमा १० जना नेपाली ल्याइएको बताइएको छ । यसअघि अमेरिकाले व्यवसायिक विमानबाटै नेपालीलाई डिपोर्ट गरिरहेको थियो । यसअघि व्यवसायिक उडानबाट २७ नेपालीलाई काठमाडौं उतारिसकिएको हो ।
डिपोर्ट गरिएका नेपालीहरुमध्ये केहीलाई अमेरिकाको अध्यागमन हेर्ने अदालतले अवैध रुपमा बसोवास गरेको ठहर गर्दै निष्काशनको फैसला सुनाएको थियो भने केहीलाई अवैध रुपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अवैध आप्रवासीलाई देशनिकाला गर्ने नीतिअन्तर्गत यी नेपाली निष्काशनमा परेका हुन् । यसअघि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले देशनिकाला गरिने विदेशीको सूची संख्या जारी गरेको थियो जसमा साढे १३ सयभन्दा बढी नेपाली भएको बताइएको थियो ।
अमेरिकी सरकारको तथ्यांकअनुसार यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा ९ हजार नेपाली बिना भिसा अमेरिका छिरेका थिए । यसरी छिरेका झण्डै एक तिहाइलाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले हिरासतमा लिएको थियो ।
सम्बन्धित खबर
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन