काठमाडौं । अमेरिकामा अवैध रुपमा बसोवास गरिरहेका नेपालीलाई लिएर पहिलोपटक अमेरिकाको चार्टर विमान काठमाडौं अवतरण भएको छ । अवैध आप्रवासी नेपालीलाई लिएर आएको ग्रिफोन एयरको जहाज काठमाडौं आएको हो ।
अमेरिकाले पहिलोपटक अवैध आप्रवासी नेपालीलाई चार्टर जहाजमार्फत डिपोर्ट गरेको हो । यो जहाजमा १० जना नेपाली ल्याइएको बताइएको छ । यसअघि अमेरिकाले व्यवसायिक विमानबाटै नेपालीलाई डिपोर्ट गरिरहेको थियो । यसअघि व्यवसायिक उडानबाट २७ नेपालीलाई काठमाडौं उतारिसकिएको हो ।
डिपोर्ट गरिएका नेपालीहरुमध्ये केहीलाई अमेरिकाको अध्यागमन हेर्ने अदालतले अवैध रुपमा बसोवास गरेको ठहर गर्दै निष्काशनको फैसला सुनाएको थियो भने केहीलाई अवैध रुपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो ।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अवैध आप्रवासीलाई देशनिकाला गर्ने नीतिअन्तर्गत यी नेपाली निष्काशनमा परेका हुन् । यसअघि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले देशनिकाला गरिने विदेशीको सूची संख्या जारी गरेको थियो जसमा साढे १३ सयभन्दा बढी नेपाली भएको बताइएको थियो ।
अमेरिकी सरकारको तथ्यांकअनुसार यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा ९ हजार नेपाली बिना भिसा अमेरिका छिरेका थिए । यसरी छिरेका झण्डै एक तिहाइलाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले हिरासतमा लिएको थियो ।
सम्बन्धित खबर
चर्चित उपन्यास ‘बसाइँ’का लेखक लीलबहादुर क्षेत्रीको निधन
अवैध बसेका १० नेपाली लिएर काठमाडौंमा अवतरण भयो अमेरिकी जहाज
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ