गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरेका छन्। उनले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताए।
‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘त्यो भ्रमबाट पूर्वराजा हौसिन आवश्यक छैन।’ उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए। ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ‘यो लोकतन्त्रको सुन्दरता हो।’
उनले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए।
‘नेपालको लोकतन्त्र यति संयमित, उदार, परिस्कृत र सहिष्णु छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराख्नु भएको छ,’ उनले भने, ‘यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलिओस्।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण