काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् ।
‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भने, ‘२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’
प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।
‘धमिलो पानीमा माछा मार्नलाई ..। ए हामीले गरेको ?, नगरपालिकामा गयो अनि पैसा तिरेको ? चैत १ बाट आन्दोलन सुरु गरिहालौँ, दुर्गा प्रसाईं आउनुपर्यो हामीसँग मिल्नुपर्यो रे !’, प्रसाईंको भनाइ छ ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए ।
‘गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने’, प्रसाईंले भने ।
‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, पूर्वराजालाई प्रसाईंले सुझाव दिए ।
सम्बन्धित खबर
प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्
प्रेस चाैतारी महाधिवेशन: निर्वाचनकाे पक्षमा धमाधम हस्ताक्षर अभियान
चौतारीमा आवद्ध पत्रकारलाई ईञ्चार्जले भने- ‘एक बित्ता नउफ्रिए हुन्छ, पत्रकार महासंघको चुनाव होइन’
ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक छैनन्, राप्रपाले सभापति बनाए हुन्छ: देउवा [भिडिओ]
राजतन्त्र भूत हो, भ्रम हो, फर्किँदैन: बाबुराम भट्टराई
प्रेस चौतारीको अध्यक्ष बन्न एमाले प्रचार विभाग सचिव गणेश पाण्डेले दिए राजीनामा
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ