१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

muscat

पोखरा । १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ ।

आज मंगलबार ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सूर्य अंकित छ ।

मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी र प्रशिक्षकको अनलाइन दर्ता प्रणालीसमेत सार्वजनिक गरेका छन् । सार्वजनिक भएको अनलाइन प्रणालीमा खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गराउन सक्ने जनाइएको छ ।

कर्णाली प्रदेशमा आगामी ३ देखि १० जेठसम्म खेलकुदको महाकुम्भ मानिने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds