स्याङ्जाको पुतलीबजार नगरपालिका – १ रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका देवदत्त सुवेदी (गोपी)सहित नेविसंघको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा अनेरास्ववियुकी बिपना सुनामलाई पराजित गर्दै नेविसंघका सुवेदी निर्वाचित भएका हुन् । सुवेदीले ३०९ मत र सुनामले ८० मत प्राप्त गरेका थिए ।
त्यस्तै, सचिवमा नेविसंघकै असिम भण्डारी २९१ मत र कोषाध्यक्षमा समिक्षा मरासिनी ३०६ मतका साथ निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुका समुन्द्र शर्माले ९४ मत र कोषाध्यक्षमा मनोज कुमार नेपालीले ८० मत ल्याएका थिए ।
सदस्यमा नेविसंघका शक्ति नेपाली ३०१ मत, इमत्याज मियाँ(बेलाल) २९४ मत, बिन्दु सुनार २९३ मग, सोफिया जिटी २९१ मत र रीतु कार्की २९० मतका साथ निर्वाचित भएका हुन् । सदस्यमा अनेरास्ववियुका लेविस्का गुरुङले ९६ मत, स्नेहा सेनले ८० मत, सोनिया थापाले ८५ मत र सोनिया गुरुङले ८६ मत प्राप्त गरेका थिए ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
निर्वाचन समितिका अनुसार त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा ५३४ मतदाता रहेकोमा ३९३ मत खसेको थियो ।
सम्बन्धित खबर
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा