काठमाडौँ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागेका हुन् ।
‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारीक धारणा पनि होइन,’ घिमिरेले भने, ‘यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केहि नकरात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद ।’
प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा रहेको उनको भनाइ थियो ।
प्रमुख सचेतक घिमिरेको उक्त भनाइको प्रतिनिधिसभा र कांग्रेसको पदाधिकारी बैठकमा आलोचना भएको थियो ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
सरकारले जस्ता तस्तै फर्काइदिएपछि राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’
‘१०० दिन पुग्नु अगावै भन्न बाध्य छौं, सरकारले आफ्नो नियत र बाटो सच्याओस्’
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’