पोखरा । पोखरामा बुधबारदेखि शुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी सुरुवात गरेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।
लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि मार्सल बरालले २१ ब्लमा १९ रन र प्रदीप तामाङले १८ बलमा १७ रनको योगदान दिए । लेखनाथ ईगल्सलाई सस्तैमा समेट्न न्यूरोड हबका प्रमोद बास्तोलाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिए ।
११९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १४.३ ओभरमा केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित हासिल गरेको हो । न्यूरोड हबका लागि धिरज अधिकारीले २६ बलमा ३७ रन र कविन सापकोटाले ३१ बलमा २१ रनको योगदान दिए । लेखनाथ ईगल्सका सुवास बास्कोलाले ३ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकेनन् ।
उद्घाटन खेलको प्लेयर अफ दी म्याच बिजेता टिम न्युरोड हबका प्रमोद बास्तोला घोषित भए ।
यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले उद्घाटन गरेका थिए ।
प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो दिन लेखनाथ ईगल्स र लेकसाईड फाल्कोन आमनेसामने हुनेछन् ।
चैत १५ गतेसम्म जारी रहने प्रतियोगितामा ३ टिम सहभागी छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईएको अध्यक्ष पुनले बताए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य छ ।
प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह