पोखरा । पोखरामा जारी चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सले पहिलो जित निकालेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७ विकेटले पराजित भएको थियो ।
लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि प्रताप थापाले ३८ बलमा २७ रन को योगदान दिए । लेखनाथ ईगल्सलाई सस्तैमा समेट्न लेकसाईड फाल्कोनका अनिस रावतले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट, कृष्ण पौडेलले ४ ओभरमा ५ रन खर्चेर २ विकेट र अञ्जन केसीले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर २ विकेट लिए ।
१०७ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाईड फाल्कोन १३.३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटियो । लेकसाइड फाल्कोनका लागि कृष्ण बलले २१ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । लेखनाथ ईगल्सका ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट, मार्सल बरालले ३.१ ओभर बलिङ गर्दै १२ रन खर्चेर ३ विकेट हत्याए । विहीबारको खेलमा बिजयी टिम लेखनाथ ईगल्सका विस्वास पराजुली प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार तेश्रो दिन लेकसाईड फाल्कोन र न्यूरोड हब आमनेसामने हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
चैत १५ गतेसम्म जारी रहने प्रतियोगितामा ३ टिम सहभागी छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईएको अध्यक्ष पुनले बताए ।
प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह