काठमाडौँको तीनकुनेमा राजतन्त्र समर्थकहरुको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीको गोली लागि घाइते भएका ३ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते हुनेमा दिल्ली प्रसाद लुइँटेल, गणेश तामाङ र श्याम दर्जी रहेका छन् ।
तीनकुने क्षेत्रमा राजतन्त्र समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै निजी घरमा तोडफोड र आगजनी समेत गरेका थिए ।
प्रदर्शनकारीले आगलागी नियन्त्रणका लागि गएको दमकलमाथि समेत आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको आलोकनगरमा रहेको कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालय पनि तोडफोड गरेका छन् । तीनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनस्र्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर, प्रहरीसँगको झडपपछि कार्यक्रम नै बिथोलिएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण