पोखरा । पोखरामा सम्पन्न चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो ।
समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक तालिकाको पुछारमा चित्त बुझाउन बाध्य भयो ।
शुक्रबार भएको अन्तिम खेलमा न्यूरोड हबले लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको लेकसाईड फाल्कोनले १८.३ ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो । लेकसाईड फाल्कोनका लागि हरिशंकरले २० बलमा २३ रनको योगदान दिए । लेकसाईडलाई कम रनमा समेट्न रोहन चौधरीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट तथा प्रमोद बास्तोलाले ४ ओभरमै ३० रन खर्चेर ३ विकेट हत्याए ।
१२८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १८.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । न्यूरोड हबका लागि प्रमोद बास्तोलाले ३३ बलमा ४० रन र कविन सापकोटाले २७ बलमा २९ रनको योगदान दिए । न्यूरोड हबका अनिष रावतले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएपनि हार टार्न सकेनन् ।
शुक्रबारको प्लेयर अफ दी म्याच रोहन चौधरी बने ।
प्रतियोगिताको प्लेयर अफ दी सिरिज भने प्रमोद बास्तोला बने ।
बिजयीहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह