पोखरा । पोखरामा सम्पन्न चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो ।
समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक तालिकाको पुछारमा चित्त बुझाउन बाध्य भयो ।
शुक्रबार भएको अन्तिम खेलमा न्यूरोड हबले लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको लेकसाईड फाल्कोनले १८.३ ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो । लेकसाईड फाल्कोनका लागि हरिशंकरले २० बलमा २३ रनको योगदान दिए । लेकसाईडलाई कम रनमा समेट्न रोहन चौधरीले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट तथा प्रमोद बास्तोलाले ४ ओभरमै ३० रन खर्चेर ३ विकेट हत्याए ।
१२८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १८.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । न्यूरोड हबका लागि प्रमोद बास्तोलाले ३३ बलमा ४० रन र कविन सापकोटाले २७ बलमा २९ रनको योगदान दिए । न्यूरोड हबका अनिष रावतले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएपनि हार टार्न सकेनन् ।
शुक्रबारको प्लेयर अफ दी म्याच रोहन चौधरी बने ।
प्रतियोगिताको प्लेयर अफ दी सिरिज भने प्रमोद बास्तोला बने ।
बिजयीहरुलाई पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’