पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ मा रहेकोे कोदी शान्ति टोलबिकास संस्थाले जेष्ठ नागरिक सम्मान, नवबर्ष २०८२ को भित्तेपात्रो बिमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै आआफ्नो घरमा आफ्नो घरका आमाबुबालाई सम्मान गर्न, उनीहरूको हेरचाह गर्न अनुरोध गर्दै बुबा आमा बाट असल संस्कार सिक्नुपर्ने बताए ।
पोखरा महानगरपालिका वडा नंं २२ ले आफ्नो वडाका सबै टोल बिकास संस्थाहरुले आफ्नो बिकासका काममा बिना भेदभाव बजेट बितरण गरिएको बताए । उनले दिगो बिकासका काम वडाले सबै टोलहरुका विकास संस्थाहरुलाई आव्हान गरेको बताउँदै वडाको पेसा तपाईंहरुकै पैसा हो भन्दै जायज माग ल्याउन अनुरोध गरेका थिए ।
कार्यक्रम संयोजक संस्थाका सदस्य रामचन्द्र बरालले संस्थाको पहिलो कार्यक्रमलाई कसरी भव्य र सभ्य रुपमा सम्पन्न गर्ने भन्ने चिन्ता रहकोमा सबैको साथले भित्तेपात्रो प्रकाशन र सम्मान कार्यक्रम सहजै सम्पन्न गर्न सहज भएको वताउँदै आयव्यय प्रस्तुत गरेका थिए ।
सो अबसरमा पोखरा २२ की वडा सदस्य कृष्ण कुमारी पौडेल देवकोटा, वडा अधिकृत राम प्रसाद पौडेल, कोदि पर्यटन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुहरि बराल, दुर्गा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा (अधिकारी), छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रराज बराल, सदस्यहरुको तर्फबाट पोतराज पौडेल, प्रगतिशील टोलबिकास संस्थाका अध्यक्ष हेमराज बराल, पुम्दिभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सृजनशिल क्लबका अध्यक्ष राजु बराल, गणेश मिलन आमा समुहकि शान्ति बरालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिकहरु वेलबहादुर खत्री, बालकुमारी गुरुङ, माइती श्री गुरुङ, लिलावती खत्री, मतिप्रसाद रेग्मी, डिल्लुदेवी रेग्मी, प्रेमप्रसाद रेग्मी, गुमादेवी रेग्मी, लीलाकुमारी पोख्रेल, धनमाया रानाभाट, अर्जुन बहादुर केसी, भाइरथि लामिछाने, कुल प्रसाद बराल, डिलमाया बराल, दुर्गा बराल, टेकनाथ लामिछाने, नरबहादुर गुरुङलाई सम्मानपत्र, खादा र अबिरले सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि हरिप्रसाद बरालले जेष्ठ नागरिकसंग सम्मानजनक व्यवहार गर्नुपर्ने संदेश लिएको कविता वाचन गरेका थिए भने सबिना लामिछाने, प्रसंसा पोख्रेल र स्वेच्छा बरालले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा छोरेपाटन बचत तथा ऋण सहकारी संस्था, पुम्दिभुम्दी कृषि सहकारी संस्था, अध्यक्ष मीन बहादुर खत्री, गणेश मिलन आमा समुह, सृजनशिल युवा क्लब, उत्कृष्ट चन्दादाता निश्चल डेरीका संचालक पितम देवकोटा, बिज्ञापन दाता कोपिला बराल, सकृय समाज सेवी कुलबहादुर गुरुङलाई गरिएको थियो ।
संस्थाका अध्यक्ष आशिष कुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष विकासराज बराल र संचालन सचिव अमृता केसीले गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह