पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
आइतबार भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगती समिक्षा कार्यक्रममा मन्त्री केसीले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षिय नियमित योजनाहरु संचालन गर्न बहानाबाजी, ढिलासुस्ती गरि निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउने तर्फ पहल गर्न निर्देशन दिन्छु,’ उनले भने ।मन्त्री केसीले थपे, ‘मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अगाडी नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारवाहीका प्रकृया अगाडी बढाउन निर्देशन गर्दछु ।’
चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाकीँ भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ ।
मन्त्री केसीले भने, ‘हाल मन्त्रालयको भौतिक ४५% र वित्तिय ३१.१५% प्रगति भएको हुदाँ कर्मचारी साथीहरुलाई सक्रिय बनाई वार्षिक गोष्ठिमा आउदा कम्तिमा ८० % प्रगति हासिल हुने गरि कार्य गर्नुहुन निर्देशन गर्दछु।’
उनले चालु आवभन्दा अगाडीका एवं क्रमागत बहुबर्षीय योजनाहरुमा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनाहरुमा तुरुन्त काम अगाडी बढाउन केसीले निर्देशन दिए ।
समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसंग छलफल गरि कार्य अगाडी वढाउने वा ठेक्का तोड्न सिफारिस गर्ने गरि कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ