पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहित एमालेका प्रभावशाली नेताहरूले २०७८ भदौ ८ गते नेकपा (एमाले) विभाजन गरी एकीकृत समाजवादी दर्ता गरे।
एमाले हुँदा नै अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तिक्तता फराकिलै थियो। माओवादी केन्द्र मिसिएर नेकपा बनेपछि केही समय सुलह भएको उनीहरूभित्रको विवाद पुनः बल्झिएर विग्रहको रूप लिएको थियो।
२०७७ पुस ५ गते संसद विघटन गरेपछि नेकपाभित्र कलह झन् चुलियो। अन्ततः नेकपा विघटन नै भयो। एमाले र माओवादी केन्द्र अलगअलग अस्तित्वमा फर्किए।
त्यसपछि पार्टीमा स्थान नपाएका माधव नेपालहरूले अलग्गै पार्टी दर्ता गरेका थिए। एमाले विभाजनपछि केपी शर्मा ओली र माधवकुमार नेपालबीच राम्रो बोलचाल पनि भएको थिएन।
ओलीलाई एकीकृत समाजवादीको अस्तित्व स्वीकार्नै कठिन भयो। त्यसो त २०७८ भदौ ८ मा पार्टी विभाजन गरेपछि एमालेले ९ महिना राम्रोसँग संसद चल्न दिएन। सभामुख अग्नि सापकोटाले षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप लगाइरह्यो। सभामुखविरूद्ध सदनमा आवाज गुञ्जाइरह्यो।
पार्टी विभाजनपछि एकार्काविरूद्ध गालीगलौजकै तहमा उत्रिएका नेताहरूबीच सोमबार सौहार्द दृश्य देखियो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय पुगे।
गत चैत १५ गते राजावादीहरूले गरेको तोडफोड अवलोकनको संयोग जुराएर एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर छिरेका ओलीले केहीबेर पुराना सहकर्मीसँग भलाकुसारी गरे। सञ्चो, विसञ्चो सोधे। हार्दिकता साटासाट गरे।
प्रधानमन्त्री ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, एमालेबाट निष्कासनमा परेका भीम रावललगायत नेताहरू एउटै कोठामा सौहार्दपूर्वक बसेको दृश्यले आँखा शीतल गराएको प्रकाश ज्वालाले बताए।
उनले तुरुन्तै पुलकित हुँदै फेसबुकमा फोटो सेयर गरे। र, लेखे–आइसब्रेक!
‘लामो समय संवादहीनतामा रहेका, भेट्दा बोलचालै नहुने नेताहरू एउटै कोठामा बसेको दृश्य रमाइलो थियो। यसले संवाद, सहकार्यको वातावरण बनाएको छ,’ उनले भने, ‘कमल कोइरालालाई श्रद्धाञ्जली दिने मौका पारेर भएको भेट किन नहोस्, यसले राम्रै सन्देश दिएको छ।’
पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलोपटक एकीकृत समाजवादी कार्यालय पुगेका हुन्।
गत चैत १५ गते राजावादीहरूले एकीकृत समाजवादीको तीनकुनेस्थित पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए। जसबाट ५० लाख रुपैयाँको क्षति भएको एकीकृत समाजवादीले जानकारी दिएको छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण