काठमाडौँ — राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं हाबी भएको देखेपछि आफू त्यहाँबाट फर्किएको बताएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा तामाङले आन्दोलनलाई समर्थन गर्दा पार्टीबाट पनि गल्ती भएको हुन सक्ने बताएका हुन् ।
‘मञ्चतिर यसो हेर्दाखेरी त ज्ञानेन्द्र शाहको जत्रै दुर्गा प्रसाईंको फोटो देखेँ । त्यो देखेपछि यो त खत्तम रैछ भन्ने लाग्यो । अनि म फरक्क फर्केँ । म सिनामंगल आइपुग्दा त टियर ग्यास मञ्चमा हानिसकेको रहेछ,’ उपाध्यक्ष थापाले भने । पार्टीबाट पनि केही ल्याप्सेस भएको हुन सक्ने उनको भनाइ छ ।
‘हाम्रो नि ल्याप्सेस होला नि । जसले जे गर्ने भने त्यसलाई समर्थन गर्ने भन्दा त नहुने रहेछ नि । हाम्रो कार्यविधि छ । साइडबाटै यसो हेरेर म पनि टाप कसिहाले नि,’ उनले भने ।
त्यस्तै तीनकुनेको घटनामा एक पक्षलाई मात्र दोष लगाइराखिएको पनि उपाध्यक्ष तामाङको भनाइ छ । उनले भने, ‘सत्य तथ्य पत्ता लगाउनुपर्यो । महामन्त्री र वरिष्ठ उपाध्यक्ष थुनामा हुनुहुन्छ । उहाँहरूलाई सबै दोषको जिम्मा लगाउने हो र ? न्यायिक जाँच हुनुपर्यो । जो दोषी छ त्यसलाई सजाय दिनुपर्यो ।’
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु