गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सधैं साथ दिँदै आएकी उपमेयर सुनिता डंगोल बालेनको व्यवहारका कारण आज भने रुष्ट देखिइन्।
प्रमुख प्रशासकीय अधिकृत विवादमा बालेन कार्यालय उपस्थित नभएर कोठामा बसेर निर्देशन दिएको भन्दै समाधान खोज्न सुझाइन्। सुनिताको सुझबुझपूर्ण निर्णयलाई वडाअध्यक्षहरुले साथ दिएका छन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए। गुरागाईंलाई अवरोध गर्न बालेनले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन्।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए।
नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए। लगत्तै उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ।
त्यस बैठकमा उपप्रमुख डंगोलले बालेनको चर्को आलोचना गरिन्। उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै बालेनलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी हुन्।
उनले मेयर बालेनलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन् । उपमेयर डंगोलले गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न बालेनलाई आग्रह गरिन् ।
“मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,” उनले भनिन्, “उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।”
अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । “त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नुहुँदैन,” उनले भनिन् ।
उनले अगाडि भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” उनले भनिन् ।
उपमेयर डंगोलले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई ताला लगाएको विषयमा प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले मेयरको मौखिक आदेश आएको बताएका थिए ।
उनले अगाडी थपिन्, ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ। उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन।’
उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको पनि बताइन्।
‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गर्ने हो। तर, यो पीडामा राख्नु हुँदैन।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा