गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भए । बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबिचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।
यसैबिच, मेयर बालेन शाहले गुरागाईंलाई रोक्न खोजेका थिए । महानगर प्रहरीहरूलाई बाक्लै रुपमा खटाइएको थियो। प्रहरीहरूलाई धकेल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए।
नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए।
यता मेयर शाहको सचिवालयले भने यो कुराले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट पारेको प्रतिक्रिया दिएको छ। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्।
‘सरकारले भ्रष्टाचारमा संलग्न भएको व्यक्तिको संरक्षण गरेर आफैँ भ्रष्टाचारी हो भनेर स्पष्ट पारेको छ’, उनले भने,’उहाँले आफूसँग नभएको अधिकार प्रयोग गरिसक्नुभएको छ। अब अनुसन्धान गर्ने निकायले उहाँलाई दोषी देखाएमा सबै जना जेल जान तयार भएर बसे हुन्छ।’
शाहले गुरागाईँमाथि छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र पठाइसकेको बताए। आयोगले छिटो भन्दा छिटो अनुसन्धान गर्दिन पनि उनले माग गरे।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने