काठमाडौं आज पनि विश्वकै सबैभन्दा प्रदूषित सहर

प्रदूषण

काठमाडौं आज पनि विश्वकै सबैभन्दा प्रदूषित सहर

प्रदूषण केही घट्यो, पूरै हट्न अझै केही दिन लाग्ने

ktm pradushan

काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज (शुक्रबार) धेरै भएकाले प्रदूषण केही घटेको हो ।

हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ ।

बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।

वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds