कुलमान घिसिङले ऊर्जामन्त्रीको दीपक खड्काको गलत नियतले नेपाल विद्युत प्राधिकरण लथालिंग हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएका घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री र संस्थाको नेतृत्वको गलत नियतसहितको निर्णयले क्षण भरमा लथालिंग र भताभुंग हुने अवस्थामा पुगेको बताएका हुन्।
‘हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्यौँ, राष्ट्रको आर्थिक बचत गर्यौँ र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्यौँ। प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ,’ उनले भने,’तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निणर्यले क्षण भरमा संस्था लथालिङ र भताभुङ हुनसक्ने अवस्था विद्यमान छ। यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ।’
उनले नेपालको विद्युत क्षेत्रमा हालसम्म भएको सफलता आफू एक्लैको प्रयासबाट नभएको बताए। उनले समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ सहयोगमा सफलता हात लागेको बताएका छन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण