रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो

सहकारी ठगी प्रकरणः

रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो

छवि थुनामै, जिल्ला अदालत रुपन्देहीको आदेश सदर

Rabi-Lamichhane

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

छवि थुनामै, जिल्ला अदालत रुपन्देहीको आदेश सदर

इजलासले पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ