पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला क्लब स्तरीय पुरुष क्रिकेटमा आइतबार एकै समूहका दुई खेल सम्पन्न भएका छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित हासिल गर्दै सिइसी काठमाडौं सेमी फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।
१२७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ३ विकेट गुमाउँदै १२७ रन पुरा गर्यो । काठमाडौंका लागि दिपेन्द्र रावतले ४९ रनको योगदान दिंदै क्याच आउट भए । उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रित गौतमले २३ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३८ रन बनाउँदै क्याच आउट भए । पृथु बास्कोटा २१ रनमा र अर्जुन घर्ति ७ रनमानट आउट रहे । पृथुले १४ बलमा १ चौका २ छक्का प्रहार गरे भने अर्जुनले २ बलमा १ छक्का प्रहार गरे । स्याङजाका लागि अस्विनी रानाले २ तथा किरण भट्टराईले १ विकेट लिए । काठमाडौंले यस अघि हेटौडालाई हराएको थियो ।
त्यस अघिटस जितेर व्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो । ओपनर करणपंगेनी १४ रनमा आउट भए । १४ बलमा उनले १चौका र १ छक्का प्रहार गरे । इश्वर क्षेत्रीले ३४ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । मिलन क्षेत्री ३, विशाल कोइराला १७, सन्दीप खत्री क्षेत्री १, सुजन गौतम ११, अस्विनि राना २ रनमा आउट भए । किरण भट्टराई १५ र लक्ष्मण डुम्रे ११ रनमा नट आउट रहे । काठमाडौका लागि दिपेन्द्र रावतले ४ ओभरमा एक मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।उनी खेलको म्यान अफदी म्याच घोषित भए । यस्तै मनोज यादव, युनिश विक्रम सिंह र सुर्य तामाङले समान १/१ विकेट लिए ।
सोही समुहको अर्को खेलमा हेटौंडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ४ विकेटले हरायो । ७२ रनको सामान्य लक्ष्य पाएको हेटौंडाले १२ ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो ।

हेटौंडाका ओपनर गौरव खड्काले ३४ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउट भए । उनले ३२ बल ४ चौका समेत प्रहार गरे । राम नरेश गिरि १४ र अकिलेश ठाकुर ८ रनमा नटआउट रहे । गिरिले १० बलमा १ चौका र १ छक्का प्रहार गरे भने ठाकुरले ८ बलमा १ चौका प्रहार गरे ।
शुभ कंशाकार, युविन बुढाथोकी शुन्य मै आउट भए । सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बस्ताकोटी ४ रनमा आउट भए ।
पोखराका लागि सुवास बास्तोला र अन्जन केसिले २/२ तथा समीर भुजेल र मार्सल बरालले १/१ विकेट लिए ।
त्यस अघि टस जितेर व्याटिङ थालेको पोखरा १६.५ ओभरमा अलआउट हुन पुग्यो । पोखराका ओपनर दिपक बरालले १४ रन जोडे । सुमित श्रेष्ठले पोखराका लागि सर्वाधिक २६ रनको योगदान दिए । उनले ३९ बलमा ३ चौका प्रहार गरे । प्रमोद बास्तोलाले २२ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
धिरज अधिकारी २, कविन सापकोटा १(रन आउट), मार्सल बराल १(रन आउट), सुवास बास्तोला १ रनमा आउट भए भने विष्णु प्रसाद शर्मा, साहिल पौडेल र अन्जन केसि शुन्य मै आउट भए । हेटौंडाका लागि असिम श्रेष्ठ र अकिलेश ठाकुरले समान ३/३ विकेट लिए भने सांसद अलिमन्सिरीले २ विकेट लिए ।
समूह ए मा काठमाडौंले आफ्नो शिर्ष स्थानका लागि सम्भावना बलियो बनाए पनि भोलि पोखरा संग हारेको खण्डमा भने हेटौंडा र स्याङजाको समेत सम्भावनाको ढोका खोल्नेछ । प्रतियोगितामा भोलि तेस्रो दिन समूह ‘ए’तर्फको पोखरा महानगरपालिका र काठमाडौं तथा सोहि समूहको हेटौडा र स्याङ्जा बिच खेल हुनेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो