पोखरा। पोखरामा डिजी स्कुल गण्डकी प्रदेशको आयोजना तथा तेजारथ गु्रपको समन्व्यमा आइटीको विकसित पाठ्यक्रमबारे छलफल सम्पन्न भएको छ।
बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा गण्डकी प्रदेशका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न भएको हो ।
सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम र यसको उपयोगिताको बारेमा डिजी स्कुलका सिइओ राजु बानियाँले प्रष्ट पारे । उनले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले स्कुल लेभलमा आइटी कोर्सको जरुरी रहेको उल्लेख गरे । उनले सोही प्रकारको आवश्यकता महसुस गरेर आइटीको विकसित र विस्तृत पाठ्यक्रम नेपाल भित्राइएको बताए ।
यस्तै सफ्टेड गु्रपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालमा ल्याइएको आइटी कोर्स व्यापारिक प्रयोजनका लाग नभई शैक्षिक अभियान भएको बताए । ‘अहिलेको युग आइटीको युग हो । त्यसैले हामीले ल्याएको करिकुलम विकसित र विस्तृत छ, उनले भने, ‘यो व्यापारिक प्रयोजन नभएर शैक्षिक अभियानका रुपमा अघि सारेका हौं ।’
कार्यक्रममा सफ्टेडका डाइरेक्टर प्रमोद पौडेलले आइटीको महत्वबारे प्रकाश पार्दै अहिलेको शैक्षिक संस्थाहरुमा उक्त आइटी कोर्स अतिआवश्यक रहेको बताए ।
डिजी ग्रुपका स्ट्राटिजी हेड सुमन बस्यालले डिजीस्कुलले ल्याएको उक्त पाठ्यक्रमको महत्व, प्रयोग, र उपयोगिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सफ्टेड ग्रुपका डाइरेक्टर अमृत थापा, करिब ३ भन्दा बढी स्कुलका प्रतिनिधिहरु लगायतको सहभागिता थियो ।
डिजी स्कुलले सन् २०१९ मा बेलायतको एनसिसी एजुकेशनको सहकार्यमा सो आइटी कोर्स नेपाल भित्राएको थियो ।
उक्त पाठ्यक्रम स्कुलले लिन चाहेमा प्रत्येक विद्यार्थीबापत प्रतिवर्ष नेपाली ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने डिजी स्कुलले जनाएको छ ।
डिजी स्कुलका गण्डकी प्रतिनिधि तेजारथ गु्रपका किसान सुनारको अध्यक्षतामा भएको कनेक्ट एण्ड लिड कार्यक्रमको सञ्चालन प्रशंसा अर्यालले गरेकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह