एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने

एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने

khel

पोखरा । तेश्रो एबिसी ४५+ ८–ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीका लागि हेटौडा भेट्रान्स र रुपन्देही ११ भेट्रान्स फाइनल प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा हेटौडाले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा हेटौडाका प्रकाश महर्जनको गोल नै निर्णायक बन्न सफल भयो । उक्त खेलमा हेटौडाका सुमन केसीले प्लेयर अफ दी म्याचको उपाधी हात पारे ।

त्यसैगरी दोश्रो सेमि फाइनलमा रुपन्देही ११ ले एसएनकेसीलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । निर्धारित समयमा १–१ गोल बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरमा कालिका स्पोर्टिग क्लब (रुपन्देही ११ )ले एसएनकेसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा रुपन्देही ११ का पूर्ण बहादुर राना प्लेयर अफ दी म्याच घोषित भए ।

फाइनल खेल बिहीबार दिनको १ बजे हुनेछ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन भने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ