पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ ।
ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी मेलामा हिजो (बुधबार) देखि पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार आज पहिलो चरणका ५ वटा खेल सम्पन्न भएका छन् ।
ल्वाङको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक ल्वाङ टिम ‘ए’लाई ठाँटीले २–० को सोझो सेटमा पराजित गर्यो । यस्तै दोस्रो खेलमा धम्पुसलाई नयाँपुलले २–० कै सोझो सेटमा हराउँदै नयाँपुल दोस्रो चरणमा प्रवेश गर्यो ।
तेस्रो खेलमा ल्वाङ टिम ‘बि’लाई कुँइबाङले पनि २–० कै सोझो सेटमा पराजित गर्यो । चौथो खेलमा पकुवाले ल्वाङलाई २–० को सोझो सेटमा पाखा लगायो । पाँचौ खेलमा घाचोकले ल्वाङ टिम ‘सि’लाई २–० कै सेटमा हराउँदै घाचोक दोस्रो चरणमा प्रवेश गर्यो ।
आज भएको अन्तिम तथा दोस्रो चरणको पहिलो खेलमा ठाँटीलाई युके लण्डनले २–० को सेटमा पराजित गर्दै युके लण्डन क्वाटरफाइनलमा प्रवशे गरेको संयोजक गुरुङले बताए । उनका अनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको छ ।
यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।
पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।
यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।
उनका अनुसार सो मेलामा म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भइसकोको छ । भने, हरेक बेलुका विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहदै आएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह