पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेटः उपाधिका लागि भद्रकाली र वाराही मावि भिड्ने

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेटः उपाधिका लागि भद्रकाली र वाराही मावि भिड्ने

Girls Cricket PIC

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भद्रकाली मावि र वाराही मावि आमनेसामने हुने भएका छन् । बिहीबार भएको सेमीफाइनल खेलमा भद्रकालीले अमरसिंह मावि र वाराही माविले त्रिभूवन शान्ती माविलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल शुक्रबार हुने आयोजक पोखरा महानगरापालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र गुरुङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो सेमीफाइनल खेलमा भद्रकाली माविले अमरसिंह माविलाई १ रनले पराजित ग¥यो । पानी परेर ५ ओभर घटाएर १० ओभरमा झारिएको खेलमा टस जितेर अमरसिंह माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले निर्धारित १० ओभरमा ५ विकेटको क्षेतीमा ९५ रन बनाएको थियो । भद्रकाली माविका लागि रिया तामाङले २१ बलमा ३३ रन र रिसा तामाङले १६ बलमा १२ रनको योगदान दिए । अमरसिंह माविकी चन्द्रमाया बरालले कसिलो बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर २ विकेट र सुविना गुरुङले २ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए ।

९६ रनको लक्ष्य पछ्याएको अमरसिंह मावि निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९४ रनमा सिमित भएपछि भद्रकाली मावि १ रनले बिजयी भएको हो । भद्रकाली माविका लागि तीर्था तामाङले ३० बलमा २४ रन र सोफिया गुरुङले २१ बलमा १८ रनको योगदान दिएपनि हार टार्न सकेनन् । भद्रकालीकी रिया तामाङले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिएकी थिईन् ।

पहिलो सेमीफाइनल खेलमा भद्रकालीकी रिया तामाङ प्लेयर अफ दी म्याच घोषित भईन् ।

दोश्रो सेमीफाइनल खेलमा वाराही माविले त्रिभूवन शान्ति माविलाई ६ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा तय ग¥यो । त्रिभूवन शान्ति माविले टस जितेर ब्याटिङ रोज्दै निर्धारित १५ ओभरमा ५ विकेटको क्षेतीमा १०२ रन बनायो । त्रिभूवन शान्ती माविकी अनुस्का नेपालीले २२ बलमा २५ रन र विपासा कार्कीले २० बलमा १४ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् । वराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १८ रन खर्चेर २ विकेट हत्याईन् ।

१०३ रनको लक्ष्य पाएको वाराही माविले ९.३ ओभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टाउँदै सेमीफाईनल यात्रा सुनिश्चित गरेको हो । वाराही माविकी सफलता भुजेलले २३ बलमा २२ रन र कुसुम बास्तोलाले १७ बलमा १३ रन बनाए । त्रिभूवन शान्ती माविकी खुश्बु यादवले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिएपनि हार टार्न सकिनन् ।

दोश्रो सेमीफाइनल खेलमा सुष्मा पौडेल प्लेयर अफ दी म्याच घोषित भईन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ