पोखरामा शुभकामना दौड हुने

पोखरामा शुभकामना दौड हुने

suvakamana daud

पोखरा । पोखराको बाटुलेचौर देखि जोगीमणीको तुम्केसम्म नयाँ वर्षको दिन शुभकामना दौड हुने भएको छ ।

हिमालय क्लव र नमुना क्लवको आयोजनामा आगामी वैशाख १ गते नयाँ वर्षको स्वागत स्वरुप आयोजना हुने दौडमा ५० वर्ष माथिका पुरुष र ४९ वर्ष मुनिका महिला तथा पुरुषले सहभागिता जनाउने हिमालय क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए ।

मैदानबाट बिहान सुरु हुने दौड नमुना खेल मैदान तुम्के पुगेर सम्पन्न हुने बताईएको छ । दुवै विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद ५ हजार, ३ हजार, १ हजार र सान्त्वना पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले बताए ।

कार्यक्रममा वडा नं. १६ र १९ का स्थायी तथा अस्थायी बासिन्दाले सहभागिता जनाउन सक्ने क्लवले जनाएको छ । कार्यक्रमको तथारी तिव्र पारिएको र सहभागी दर्ता भैरहेको बताइएको छ ।

कार्यक्रममा सहभागी बिच शुभकामना आदानप्रदान गरिने समेत जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ