काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।
फोनिजको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए ।
उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं ।’
सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नुपरेको बताए । उनले सामाजिक सञ्जाल अरु देशमा दर्ता भएर चल्ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि त्यो आवश्यक रहेको उनको भनाइ थियो ।
‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको छ। तर, नेपालमा बिनादर्ता नै चलिरहेको छ। अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ।’
उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्दै चलाउन कुनै रोकतोक नहुने बताए । ‘सरकारले अनलाइन मिडियाहरू पनि बन्द गर्दैछ/नियमन गर्दैछ भन्ने हल्ला जुन चलेको छ, त्यो भ्रम हो । संविधानमा दिएको प्रेस स्वतन्त्रताको हक कायम हुन्छ ।’
यस्तै साइबर सेक्यूरीटीको विधेयक पनि आउँदो संसद्मा पेश गर्ने सरकारको तयारी रहेको उनले बताए ।
सम्बन्धित खबर
तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
यी स्थानमा बदली र वर्षा हुने
कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
बिल नभएको सुन, हिरा तथा पत्थरको गहना बेच्ने ४ भारतीय पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग