नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् ।
गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे ।
पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ? भनेर सोधेका थिए । जवाफमा उनले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्याएको टिप्पणी गरे ।
प्रचण्डले भने, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ । त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ ।’
आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उनले उल्लेख गरे । प्रचण्डले थपे, ‘चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराख्या छ । तर सरकार संवेदनशील छैन । डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएका दल पनि सडकमा आउन थाल्या छन् । भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । तर मलाई लाग्छ नयाँ वर्षले केही न केही निकास लिएर आउँछ ।’
सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहोर्याए । ‘पछिल्लोचोटि थुप्रै नयाँ अनुभवसहित भन्या हो, मलाई योभन्दा बढी बोल्न नलगाउनुस् । मैले केही नयाँ कुराको आधारमा त्यो कुरा भन्या हो । मलाई लाग्छ त्यही दिशातिर देश जान्छ ।’
सरकारतिर ध्यान छैन भन्दै ध्यान चाहिँ कुर्सीतिरै
जादुयी नम्बर भन्दै निरन्तर प्रधानमन्त्री बनेका प्रचण्ड जब पछारिए, त्यसपछि सरकारतिर ध्यान छैन भन्दै ध्यान चाहिँ कुर्सीतिरै दिएको पाइन्छ ।
माओवादी असार ३० यता ९ वर्षपछि प्रतिपक्षी बेञ्चमा आइपुगेको छ। १० वर्ष सशस्त्र विद्रोह गरेको माओवादी मूलधारको राजनीतिमा आएलगत्तैदेखि सरकार र सत्ताकै वरिपरि छ। यो १५/१७ वर्षको अन्तरालमा ऊ बढी समय सरकारमै छ।
२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेको माओवादीले दोस्रो संविधान सभाको निर्वाचनमा ‘लज्जास्पद’ हार बेहोर्यो। त्यसपछि ऊ दुई वर्ष अर्थात् २०७२ सम्म प्रमुख प्रतिपक्षी बसेको थियो। तर, त्यसपछि पुन: सरकारमा समाहित भयो।
त्यसपछि पनि आफू प्रमुख रहेर वा सहायक भएर माओवादी सरकारमै थियो। तर, गत असार ३० यता ऊ अनपेक्षित रूपमा प्रमुख प्रतिपक्षीमा धकेलियो। त्यसबेला उसका लागि प्रमुख प्रतिपक्षमा धकेलिनु अनपेक्षित थियो।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण