पोखरा । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि करार सेवाबाट हटाइएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका हुन् ।
महानगरले करारबाट निकाल्ने घोषणा गरेपछि स्वास्थ्यतर्फका कर्मचारी माघ २६ गतेदेखि आन्दोलित छन् ।
उनीहरूले प्रत्येक दिनजस्तो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो ।
महानगरको निर्णय विरुद्ध उनीहरू माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।
उनीहरूले महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेश अवहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरूको छ ।
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध