पोखरा । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि करार सेवाबाट हटाइएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका हुन् ।
महानगरले करारबाट निकाल्ने घोषणा गरेपछि स्वास्थ्यतर्फका कर्मचारी माघ २६ गतेदेखि आन्दोलित छन् ।
उनीहरूले प्रत्येक दिनजस्तो महानगरपालिका कार्यालय परिसरमा निरन्तर धर्ना दिँदै आएका छन् । करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो ।
महानगरको निर्णय विरुद्ध उनीहरू माघ १ गते सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिएकोमा, मंगलबार तालाबन्दी गरेका हुन् ।
उनीहरूले महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेश अवहेलना गरेको भन्दै रिटसमेत दर्ता गरेका छन् । सर्वोच्चले गत मङ्सिर २८ गते ‘विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्नु’ भन्ने अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार कार्यालयमा पुनः हाजिर हुन पाउनुपर्ने माग उनीहरूको छ ।
सम्बन्धित खबर
पोखरा विश्वविद्यालय फुटबल प्रिमियर लिग जेठ १२ देखि १४ गतेसम्म
ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा
सिनेमा संवादका लागि सेलिब्रिटी ल्वाङमा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य