काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले बैशाख १२ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो ।
‘संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने,’ मन्त्री भट्टराईले भनेकी छन् ।
शिक्षकहरू विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै काठमाडौंमा आन्दोलनमा रहेका छन् । यसैबीच सरकारले संसद्को अधिवेशन आह्वानको निर्णय गरेको हो ।
शिक्षकहरूलाई भन्यो- यथोचित माग सम्बोधन गर्न तयार छौं
सरकारले शिक्षकहरूका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा शिक्षकका मागका सम्बन्धमा छलफल भएको थियो ।
बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भइरहेको जनाउँदै सरकार संवेदनशील रहेको जानकारी दिइन् ।
‘नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ,’ मन्त्रिपरिषद् बैठकका निर्णयबारे मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने ।’
शिक्षकहरू विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने लगायतका माग राखेर दुई सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण