राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका विभिन्न समूहको आन्दोलन र सरकारको कार्यशैलीका विषयमा कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ ।
यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान लामो संवादसमेत भएको छ । सत्तारूढ दुई दलबीच असमझदारी देखिएकाले थप छलफल गर्न बुधबार संयन्त्रको बैठक बोलाइएको छ । गगन थापा राजधानी फर्किएपछि बस्नेछ ।
महामन्त्रीहरू थापासहिच विश्वप्रकाश शर्मा अहिले आफै सहभागी सरकारको विरोध गर्न थालेका छन् ।यद्यपी, सभापति देउवा भने चुपचाप छन् । सहमति अनुसार अब १५ महिनामा उनी प्रधानमन्त्री बन्नेछन् ।
नेपाली कांग्रेस नेता एवम् गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुनै सम्भावना नभएको समीकरण तलमाथि नहुने बताएका छन् । सरकार बदलिहाल्छ भनेर जो लाग्नुभएको छ, त्यो गर्न आवश्यक छैन भन्दै उनले भने – ‘हामी भाइब्रेन्ट प्रजातान्त्रिक अभ्यासमा छौं । यसमा विभिन्न कोणबाट विभिन्न कुरा उठ्छन् । त्यसैलाई आधार बनाएर सरकार ढल्छ भन्ने होइन । समीकरण र सरकारमा अहिले कुनै प्रतिकूलता उत्पन्न भएको छैन ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए