काठमाडौं । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिइसकेकी खुलेको छ ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पूर्व शिक्षामन्त्री श्रेष्ठले २ साता अघि चैत १८ गते रवि लामिछाने पार्टीमा सभापतिका रूपमा फर्किएकै दिनमा राजीनामा बुझाएको बताइन्छ । पहिले नै राजीनामा दिने तयारीमा भएपनि रवि हिरासतमा रहेकाले नदिएको उनी निकट नेताहरू बताउँछन् ।
रास्वपाले केन्द्रीय समिति बैठक आज बोलाएको छ । सुमनाले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा भने सार्वजनिक गरेकी छैनन् । आज केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।
सुमनाले एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने माग रहेको र आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भएकाले राजीनामा गरेको बताइन्छ ।
लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए। तर श्रेष्ठले त्यसअघि नै आफू पार्टीकोभन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।
२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्रीमा मनोनित गरेको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए