नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन्।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे।
उनले भने, ‘तत्काल सरकारमा जाने मनस्थिति छैन। जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ।’ उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए।
फेरि राजतन्त्र फर्कन सक्ला? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे।
नेपालीहरू हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ। शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।
वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई नेपालले आग्रहसमेत गरे। उनले भने, ‘विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ। यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनु पर्छ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ