काठमाडौं । २२ दिनदेखि आन्दोलनरत शिक्षकहरूले आन्दोलन थप चर्काउने भएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि शिक्षक आन्दोलन थप कडा हुने बताएका छन् । अध्यक्ष सुवेदीले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।
महासंघको मंगलबार बसेको बैठकले आन्दोलनलाई थप कडा र दरिलो बनाउने निर्णय गरेको थियो । आजदेखि शिक्षकहरूले आजदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै छन् ।
“यतिका दिनसम्म यहाँहरूले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदाझैँ अनुशासति, संयमित र मर्यादित भएर जुलुसमा सहभागी हुनुहोला । गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला, ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरूलाई पनि प्राप्त होस् । महासंघले निषेध गरेका कुनै पनि काम नगर्न नगराउनुहुन सबै साथीमा विनम्र अनुरोध गरिन्छ,” सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
शिक्षकहरूले शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २२ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा प्रभावित भएको छ । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने निर्णय गरेको थियो । तर, बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्मका लागि परीक्षा सार्ने निर्णय गरेको थियो ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण