काठमाडौं । जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकवादी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ ।
२४ घण्टाको अल्टिमेटम दिएको उक्त समूहले पहलगाम हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन गरेको हो ।
उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए ।
उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए ।
‘पाकिस्तानी दूतावासबाहिरको प्रदर्शन हाम्रो होइन, त्यस्तो नीति पनि छैन’
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पाकिस्तानी दूतावासबाहिर राप्रपाको ब्यानरमा गरिएको प्रदर्शनमा पार्टीको संलग्नता नरहेको प्रष्ट पारेको छ ।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पाकिस्तानी दूतावासबाहिर आज राप्रपाको ब्यानरमा भएको प्रदर्शन पार्टीको नभएको प्रष्ट पार्दै त्यस्तो प्रदर्शन गर्ने नीति पनि नरहेको बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने