काठमाडौं : नेपाल शिक्षक महासंघले काठमाडौं आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब आइरहेको जनाएको छ।
आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई विद्यालय फर्किएर काम गर्न वा सरुवा र राजीनामा दिन स्थानीय तहबाट सूचना जारी हुन थालेपछि महासंघले विचलित नहुन आग्रह गरेको हो।
स्थानीय तहले पत्राचार गर्न थालेपछि कतिपय शिक्षकहरु विद्यालयमा फर्कन थालेका छन्। शुक्रबार बिहान काठमाडौंको आन्दोलनबाट फर्कनेक्रममा १४ शिक्षक घाइते भएका थिए। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले २६ दिनदेखि आन्दोलन जारी राखेको छ। शनिबार सरकारसँग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।
‘नेपाल शिक्षक महासंघ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाई अझ सशक्त बनाउँदै हाम्रा मागमुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ। यस निर्णायक घडीमा देशभरका सबै शिक्षक-कर्मचारी साथीहरुलाई काठमाडौं आउनुहुन आग्रह गर्दछौं।’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन्। संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दै यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक – कर्मचारी साथीहरुमा अनुरोध गर्दछौं।’
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक रहेको बताएका छन्। उनले भने, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन्। त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ।’
उनले आन्दोलन लम्बिदै जाँदा बाधा र अड्चन बढेको बताए। उनले भने, ‘पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र सङ्गठित लडाई हो। घर बसिरहेका साथीहरु, म पनि जानुपर्छ। आन्दोलनमा मेरो उपस्थिति आवश्यक छ भन्ने कुराले तपाईंलाई घोचिरहेको छैन ? आफ्नो आन्दोलनमा आफ्नो सक्रिय सहभागितााका लागि काठमाडौं आउनुहोला।’
प्रदर्शनमा उत्रिएका शिक्षकले शनिबार बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको थियो। आज पनि ११ बजेबाट आन्दोलन गर्ने कार्यतालिका छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ