‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’

‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’

Ishwor-rijal-samsadd

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सांसद ईश्वरबहादुर रिजालले नेपालबाट श्री ३ र श्री ५ कसरी समाप्त भयो भन्ने ख्याल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई  सुझाएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले  भनेः ‘त्रिभुवन, नेहरु र मोहन शमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भयो । २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधान सभामार्फत नेपालबाट राजतन्त्र समाप्त भयो । श्री ५ समाप्त भयो ।’

ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई श्री ५ बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री ३ बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गरे ।

‘ज्ञानेन्द्रको नाति हृदयेन्द्र उहाँलाई श्री ५ फर्काउने भए मोहन शमशेरको नाती पशुपति शमशेर जंगबहादुर राणालाई पनि श्री ३ फर्काउनुपर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गराउनुपर्‍यो’, सांसद रिजालले भने ।

राप्रपालाई सांसद रिजालको प्रश्न छ । ‘जनताको प्रतिनिधिहरूले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताको आधारमा बिदा गरेको श्री ३ किन फर्किंदैन ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ