काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभइ उचित तबरले सम्बोधन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम थापाले राजनीतिक उपलब्धिकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएकाले हटाउन लागिपर्ने बताएका हुन्।
त्यस्तै उनले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केहि कुरालाई सुधार गर्न सके यसलाई सहि दिशातर्फ अघि बढाउन सकिने उल्लेख गरे। उनले एमाले र कांग्रेसको समीकरणलाई निरन्तरता दिइने पनि बताए।
उनले भने, ‘हामी अहिले एमालेसँग सरकारमा छौं, हाम्रो मुख्य प्राथमिकता इकोनोमिमा देखिएका जति पनि समस्याहरु छन्, संकटहरु छन्, त्यसलाई सम्बोधन गर्नु हो। कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ- हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं।’
थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए। थापाले भने, ‘सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ, हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’ उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराए। कांग्रेस र एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको बताए।
उद्योग, व्यापार फस्टाउन र निजी क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक कानुन बनाउने उनको भनाई छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण