पोखरा । पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ ।
पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो ।
हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र कास्की जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष मिलन गुरुङ, सचिव अञ्जु केसी र कार्यालय प्रमुख सुनबहादुर लामाले हस्तान्तरण गरेका थिए ।
बोतललाई पुनः प्रयोग गर्नका लागि यो योजना अघि बढेको हो । विशेषगरि प्लाष्टिकका बोतलहरु ल्याण्डफिल साइडमा नजानेगरि यो योजना अघि बढेको हो । उक्त विनमा बोतलको विर्को राख्ने र बोतल राख्ने फरक फरक रहेको छ ।
हिमालयनका प्लाष्टिक र युुएनडिपीको तर्फबाट योन्सियो ओह र जिसिआरयु परियोजना सशी थापाको समेत सहभागिता रहेको थियो । बोतल विन उपलब्ध गराएकोमा कास्की जिल्ला विकास समितिका अध्यक्ष मिलन गुरुङले पोखरा भित्रका फोहोर संकलनका लागि गरेको सहयोगले पर्यावरणलाई समेत सफा राख्न मद्धत गर्ने सुनाए । उनले रंगशालाभित्र विभिन्न गतिविधि निरन्तर हुने र त्यहाँ प्लाष्टिक जन्य बोतलको प्रयोग र व्यवस्थापनमा समेत चुनौति रहेको समयमा बोतल विनले व्यवस्थापनमा टेवा पुग्नेमा आशावादी रहेको सुनाए ।
रंगशालामा एक–दुई थानले मात्र नपुग्ने भन्दै थप व्यस्थापनका लागि अन्य विन समेत ल्याउन आग्रह गरे ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह