काठमाडौँ । अहिले सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, शिक्षक आन्दोलन, चिकित्सक आन्दोलनलगायतका राष्ट्रिय राजनीतिका विषयमा सत्तारूढ दलहरू छलफलमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालय अनुसार बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीपकुमार ज्ञवाली र विष्णुप्रसाद रिमाल सहभागी छन्।
यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सहभागी छन्। महामन्त्री गगनकुमार थापा भने सहभागी छैनन्।
यस्तै बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत सहभागी छन् । जसपा नेपाल, जनमत र नागरिक उन्मुक्तिबाट भने कोही आएका छैनन्।
यसअघिका गठबन्धनको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष डा. सिके राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुँदै आएका थिए।
जनमत र नाउपाबीच पार्टी एकता घोषणा कार्यक्रम भएकाले ती दलका नेताहरू भने बैठकमा सहभागी छैनन्।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण