पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आज शनिबार पनि दुई खेल हुँदैछन् । समूह चरणको अन्तिम यी दुई खेलहरुबाट सेमिफाइनल समिकरण पूरा हुनेछ ।
आयोजक लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालका अनुसार पहिलो खेल मध्यान्ह १२ः३० बजे गण्डकी भलिबल टीम र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबबीच हुनेछ ।
गण्डकी पहिलो खेलमा ईरानी टोलीसँग ३–१ सेटले पराजित भएको थियो । एपीएफलाई पनि ईरानी टोलीले नै ३–१ सेटले हराएको थियो । समूह ‘ए’ मा यी दुवै टीमलाई हराएका ईरानी टोली लगातार दोस्रो जीतसँगै अन्तिम ४ मा पुगिसकेको छ ।
दोस्रो खेल विभागीय टीमहरू त्रिभुवन आर्मी र नेपाल पुलिस क्बलबीच हुँदैछ । दिउँसो २ः३० बजे समूहचरणको अन्तिम खेलमा समूह ‘बी’ बाट दुई टोली सेमिफाइनल स्थानका लागि खेल्न लागेका हुन् ।
यसअघि, भारतीय टोलीसँग आर्मी ३–१ सेटल पराजित हुँदा कुनै अंक जोड्न सकेको छैन । पुलिसले भने भारतीय टोलीलाई सोझो सेटमा हराएको थियो ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिता हेर्नका लागि आजको टिकट दर तीन सय नै कायम गरिएको छ । भोलि आइतबार सेमिफाइनलका खेल हेर्न ४ सय र सोमबार फाइनल खेल हेर्न ५ सय टिकटदर कायम गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित समाचारः
भारतीय टोलीले आर्मीलाई हरायो

इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित

भारतीय टोली नेपाल पुलिससँग सोझो सेटमा पराजित

पहिलो खेलमा इरानी टोलीले एपिएफलाई हरायो

सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ