पोखरा । बेलायतको लण्डन वाटरलु नजिकै थेम्स नदी किनारमा नेपाली विद्यार्थी मृत फेला परेको छ ।
त्यहाँको प्रहरीले शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको हो ।
लण्डन मेट्रोपोलिटन (महानगरीय) प्रहरीका अनुसार गत मंगलबार थेम्स नदी किनारमा ती विद्यार्थीको शव भेटेको थियो । तर, शवको पहिचान हुन सकेको थिएन।
नेपालबाट फिङ्गर प्रिन्ट (औंठा छाप रेकर्ड) झिकाए पछि प्रहरीले उक्त शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि गरेको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा बिजनेश म्यानेजमेन्ट एन्ड लिडरसीप कोर्समा ब्याचलर्स दोस्रो वर्ष पढ्ने तयारी गरिरहेका ओली अप्रिल २१ तारिख (बैशाख ८) देखि सम्र्पकविहीन थिए ।
दूतावासमा भने यसको जानकारी २३ तारिखमा पुगेको थियो । प्रहरीले अनुसन्धानको क्रममा लण्डनको वाटरलूनजिकै थेम्स नदीमाथिको पुल छेउ ओली शव र उनको मोबाइल, पर्स, कोठाको चाबी, पासपोर्टलगायत फेला पारेको थियो । त्यसपछि प्रहरी अनुसन्धानको क्रममा उनी बस्ने डेगेनहृयाम हीथवे नजिक घर पुगेको थियो । त्यसपछि प्रहरीले कोभेन्ट्री विश्वविद्यालय पढ्ने नेपाली विधार्थीसँग सम्पर्क गरेर थप अनुसन्धान अघि बढाएको थियो ।
सम्बन्धित खबर
इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन राजदूतावासको आग्रह
भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित सात जनाको मृत्यु
अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
चितवन दुर्घटना: गर्भवतीसहित मृत्यु भएका ७ मध्ये ६ को सनाखत, यी हुन् २४ घाइते (नामसहित)