अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।
वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।
यदि सो कन्फर्मेशन बिर्सिएको छ भने पनि ‘Forgot Confirmation Number’ मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्नेछ ।
ईडीभी विजेता भनेर कुनै इमेल आउँदैन । यसका साथै, भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क माग्ने खालका कुनै पनि कुरा नहुने भएकाले अनावश्यक रूपमा आउने मेलहरूमा भर नपरी ठगीबाट बच्न सकिन्छ ।
के हो अमेरिकी डिभी ?
खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ। डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।
हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन